यस नेम्याक्स नेपाल ईन्डष्ट्रिज प्रा.लि. बिभिन्न प्रकारका औ२ोगिक उपकरणहरु र तिनमा प्रयोग हुने मेसिनरी पार्ट पुर्जाहरुको उत्पादन, जडान, आयात, निर्यात, खरिद, बिक्री तथा आवस्यकता अनुसार उक्त सामाग्रीहरुको मर्मत तथा सम्भार कार्य गर्ने उदेश्यले स्थापित कम्पनी हो ।
हालसम्म यस कम्पनीले विभिन्न प्रकारका उत्पादनमुलक तथा सेवामुलक ब्यावसायीहरुलाई आवस्यक औद्दोगिक प्याकेजिङ्ग, प्रिन्टिङ्ग, र लेजर मेसिनहरु तथा यसका पार्६ पुर्जाहरु आयात गरी त्यसको जडान कार्य गरी बिक्री बितरण गर्दै आएको छ । हाम्रो बिगत लामो समयदेखिको संलग्नता तथा सफल ब्यावसायिक अभ्यासवाट भबिष्यमा उत्पादन गर्न नसक्ने पार्ट पुर्जाहरु आयात गरी बांकी स्वदेशमा नै उत्पादन गरी उत्पादनमुलक तथा सेवामुलक उद्दोगहरुको आवस्यकता अनुसार आवस्यक साइज तथा बनावटमा आवस्यक थपघट – (Customize) गरी बिक्री बितरण गर्ने योजना रहेको छ ।
औ२ोगिक उपकरणहरु र तिनमा प्रयोग हुने मेसिनरी पार्ट पुर्जाहरुको उत्पादन, जडान, आयात, निर्यात, खरिद, बिक्री कार्यको अतिरिक्त नबिनतम् प्रबिधी -Laser Cutting, Marking, and Welding Technology) र दक्ष जनशत्तिको उपयोग गरी कम लागतमा उच्च गुणस्तरिय औद्दोगिक, कृषि, स्वास्थ्य, पर्यावरण, भौतिक पुर्बाधार तथा अन्य क्षेत्रलाई आवस्यक उपकरणहरुको अनुसन्धान तथा विकास गरी त्यसको स्थानीय उपयोग तथा निर्यात कार्यलाई जोड दिईनेछ ।
औद्दोगिक उपकरणहरुको तथा पार्ट पुर्जाहरुको उत्पादन, जडान र त्यसको लागि आवस्यक मर्मत सम्भार गर्न प्राविधिकहरुको विकास पनि गरिनेछ ।
यस ब्यावसायिक योजना तथा प्रारम्भिक वित्तिय सम्भाब्यता बिश्लेशण को लागि निम्न आधारहरुको प्रयोग गरिएको छ ।
नेपालमा हाल संचालनमा रहेका बिभिन्न साना, मझौला र ठुला औद्दोगिक तथा ब्यावसायिक प्रतिस्ठानहरुमा उपयुक्त ब्याच कोडिङ्ग (Manufacturing Date, Expiry Date, Lot Number etc.) र प्याकेजिङ्ग प्रणाली नहुंदा ब्यावसायिक उत्पादनले घरेलु तथा बाह्यि बजार सुनिस्चित गर्न नसकिरहेको र उपयुत्त ब्याच कोडिé तथा लेबलिङ्ग रहित सामानहरुले मानब स्वास्थ्यमा समेत असर पारिरहेकोले उक्त समस्याको समाधान नेपालमै उत्पादित आधुनिक तथा सहुलियत दरका ब्याच कोडिङ्ग उपकरणहरुबाट गराउदा त्यस्ता प्रतिस्ठानहरुको गुणस्तरीय उत्पादनको प्रत्याभुत गर्न सकिन्छ ।
नेपालमै नभएको वाताबरणमैत्री फाइबर लेजर (Fiber Laser Cutting, Marking, Cleaning and Welding) प्रविधिको प्रयोग गरी विभिन्न मेसीनरी उपकरणहरु र त्यसका पार्ट पुर्जाहरुको उत्पादन तथा आविस्कार गरी आधुनिक औद्दोगिकरणको सुनिस्चितता गर्न सकिन्छ ।
यस ब्यावसायिक योजनाको सफल कार्यान्वयन पस्चात निम्न प्रतिफलहरुको अनुमान गरिएको छ ।
हाल तेश्रो मुलुकबाट आयात गरी बिक्री बितरण्ँ गर्दै आएको औद्दोगिक प्याकेजिङ्ग तथा प्रिन्टिङ्ग उपकरण्ँ तथा तिनका पार्ट पुर्जाहरु र अन्य औद्दोगिक उपकरण्ँका पार्ट पुर्जाहरु स्वदेशमै उत्पादन गरी बांकी उत्पादन गर्न नसकिने पार्टस्को आयात गरेर जडान गरी बिक्री बितरण गर्ने हालको योजना अनुसार निम्न सामानहरुको उत्पादन तथा जडान कार्य गरिनेछ ।
शतप्रतिसत क्षमतामा संचालन हुंदा
बिवरण | इकाई | परिमाण |
Batch Coding Machine Handheld | Set | 100 |
Batch Coding Machine Online | Set | 100 |
LIFTING, HANDLING, LOADING OR UNLOADING MACHINERY (conveyer and paging machine ) | Set | 75 |
Machinery and Metal Parts Processed by Laser Engrave/Cleaning/Welding and Cutting Machine | Set | 50,000 |
Fiber Laser Machine | Set | 24 |
Co2 Laser Machine | set | 24 |
यसको अतिरिक्त नबिनतम् प्रबिधी (Laser Cutting, Marking, and Welding Technology) र दक्ष जनशत्तिको उपयोग गरी कम लागतमा उच्च गुणस्तरिय औद्दोगिक, कृषि, स्वास्थ्य, पर्यावरण्ँ, भौतिक पुर्बाधार तथा अन्य क्षेत्रलाई आवस्यक उपकरणहरुको अनुसन्धान तथा विकास गरी त्यसको स्थानीय उपयोग तथा निर्यात कार्यलाई जोड दिईनेछ ।
क्षमता तथा अवसरहरु
कमजोरी तथा चुनौतिहरु
बढ्दो औद्दोगिकरण तथा विकाश संगै बिभिन्न प्रकारका औद्दोगिक प्याकेजिङ्ग, प्रिन्टिङ्ग, र लेजर मेसिनहरु तथा यसका पार्ट पुर्जाहरुकोे माग तिब्र रुपमा बृद्धि भैरहेकोले यस्ता सामाग्रीहरुको विक्री वितरण्ँ तथा बजारीकरण नेपाल अधिराज्यभरी गर्न सक्ने देखिन्छ । औद्दोगिक प्रतिस्ठानहरु, गैर सरकारी निकायहरु, संघिय सरकार, प्रदेश सरकार, स्थानिय सरकार, कृषि, स्वास्थ्य, पर्यावरण्ँ, भौतिक पुर्बाधार तथा अन्य क्षेत्रलाई आवस्यक बिभिन्न उत्पादनको बजार बिस्तार गर्न सकिने छ ।
प्रथम राष्टि«य आर्थिक गणना २०७५अनुसार नेपालमा संचालित प्रतिस्ठानहरुको संख्या ९,२२,४४५ पुगेको देखिन्छ, सोही संख्याको १० प्रतिशत मात्र (अनुमानित १,००,०००) उत्पानदजमुलक साना ठुला औद्दोगिक प्रतिस्ठानहरुका साथै नयां आउने उत्पानदजमुलक उद्दोगहरुको मागलाई अनुमान गर्दा वार्षिक १०,००० थान ब्याच कोडिङ्ग ( Manufacturing Date, Expiry Date, Lot Number etc.) र लेजर उपकरणहरुको माग रहेकोमा हाम्रो योजना अनुसार वार्षिक २०० देखी ३०० थान ब्याच कोडिङ्ग र लेजर मेसिनको विक्री गर्ने लक्ष्य सजिलै प्राप्त गर्न सकिने देखिन्छ । साथै माथिको सुचना र बजार मागको अध्ययनलाई आधार मान्दा यि उद्दोगहरुमा आवस्यक सहायक पार्ट पुर्जाहरुको ( Machinery and Metal Parts Processed by Laser Engrave/Cleaning/Welding and Cutting Machine ) माग पनि प्रसस्त रहेको छ ।
बजारीकरण, कार्यालय संचालन र ब्यवस्थापनको लागि बिद्दमान संरचनाको प्रयोग गर्ने र उद्दोगको लागि पनि हालको प्रविधिक मानव संसाधन उपयोग गर्दै नयां जनशत्तिको विकाश गरिनेछ ।
हालको अवस्थामा अल्पकालीन श्रमिक बाहेक स्थायी जनशत्तिको बिवरण्ँ यसप्रकार छः
नाम, थर | पद तथा जिम्मेवारी |
पदम प्रसाद भण्डारी | संचालक तथा प्रबन्धक निर्देशक |
राजेश श्रेष्ठ | संचालक तथा निर्देशक |
सागर विश्वकर्मा | संचालक तथा निर्देशक |
श्तिस थापा | ईन्जिनियर |
पुजन कोजु | प्रबिधिक |
चेतनाथ मिश्र | प्रबिधिक |
शान्ति भण्डारी | सोधपुछ |
WhatsApp us